कैलाली गोदावरी नगरपालिकाका समीर प्रसाद भट्टले जन्मउत्सबको अवसर पारेर बिमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढी बाट रु १० लाख बीमाङ्कको सुलभ जीवन बिमा पोलिसि खरिद गरेका हुन् । शोधपत्र मिडिया नेटवर्क प्रा। ली। का कार्यकारी समेत रहेका भट्ट ले जन्मदिन विशेष दिन भएकाले आजको दिन आफूले रक्तदान गर्नुका साथै मनले चिताएको कार्य गर्न लागी रहेको बताए । बचत सँगसँगै सुरक्षा का लागि भन्दै उनले बिमा पोलिसि लिएका हुन । उक्त बिमा लेख यस कम्पनि धनगढी शाखा प्रमुख विक्रम सिंह बोगटी र एजेन्सी म्यानेजर जीवन विष्टले संयुक्त रूपमा समीर प्रसाद भट्ट लाई आफ्नो मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिँदै बिमा लेख हस्तान्तरण गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बिमा कम्पनी हो। नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त राष्ट्रिय वाणिज्य बैक , ग्लोबल आइएमी बैङ्क लगायत उच्च ख्याति प्राप्त व्यक्तिहरू मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनस दर पनि सर्वाधिक रहेको छ ।