गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।