• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

विपद‍्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

  •  संवाददाता
  • मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ ।

    कञ्चनपुरको बेलडाँडी गाउँपालिका—३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । डडेलधुरा पर्शुराम नगरपालिका—३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो ।

    प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले वर्षासँगैको बाढी र डुबानले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलडाँडी, कैलालीको भजनी र जोशीपुर क्षेत्र बढी प्रभावित भएको जानकारी दिए ।

    डुबानमा फसेकालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । दुवै जिल्लामा डुबानबाट छ सय ४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर र दशरथचन्द नगरपालिकामा गरी तीन परिवारको घर भत्किएर क्षति पुगेको छ । विभिन्न सडक खण्डमा गएको पहिराका कारण यातायात आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडकको पहिरो पन्छाई सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    कञ्चनपुर, महाकाली नदीपारिको दोधारा चाँदनीमा आइतबारदेखि आज बिहानसम्मको २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको थियो । अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, श्याली, दोदा, चौदरलगायत नदी र खोलामा बढेको पानीको बहाव वर्षा रोकिएपछि आज दिउँसोबाट घटेको छ । रासस

    मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.