कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष एक बालक गरी पाँच जनाको मृत्यु भएको हो । आज बिहान पुनर्वास नगरपालिका–५ का तीन किशोरीको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा ग गाउँकी १५ वर्षीया लक्ष्मी बोगटी १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी हुनुहुन्छ । तीनै जनाको शव फेला परिसकेको जोशीले जानकारीदिए । उनका अनुसार एक टोलबाट अर्को टोलमा जाने क्रममा बाढीले बगाउँदा उहाँहरू डुबेर बेपत्ता भएका थिए । उनिहरु सगैं रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफलभएका छन् ।
बाढीमा परेर कञ्चनपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
बाढीमा परेर कञ्चनपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


