• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

रवि लामिछानेमाथि पार्टीले सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल

  •  संवाददाता
  • बुधबार, असार २७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए ।

    ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ । राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो । सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने ।

    उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत सावित गरेको बताए । पार्टीको भविष्य जोडिएकाले उनले पासपोर्ट प्रकरणमा पनि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए ।

    ‘रवि लामिछानेमाथि कुनै जाहेरी नपरेको कुरा सर्वोच्चले गलत सावित गरेको छ । त्यसैले पार्टीले पनि तत्काल रवि लामिछानेविरुद्ध छानबिन गर्नुपर्छ । पासपोर्टको सबालमा पनि छानबिन गर्नुपर्छ । त्यसमा कहिल्यै चुनाव लड्न नमिल्ने कुरा पार्टीसँग सम्बन्धित भएकाले पार्टीको भविष्य जोडिएको छ । पार्टीलाई जोगाउनु पनि पर्नेछ,’ उनले भने ।

    उनले त्यो छानबिन रवि क्लबबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुपर्ने बताए । समितिमा पनि रवि क्लबबाहेक मानिसहरू राख्नुपर्ने उनले बताए । ढकालले आफ्नो निलम्बन कानुनसम्मत नभएकाले आफू अहिले पनि रास्वपाको महामन्त्रीमा कायमै भएको बताए । ‘नेपालको संविधान, मूल्यमान्यता र दलसम्बन्धी ऐनअनुसार मेरो निलम्बनको प्रक्रिया मिलेको छैन । म अहिलेसम्म महामन्त्री थिएँ र छु । रवि लामिछनेको क्लबबाट मात्रै निष्कासित गरिएको हो,’ उनले भने ।

    उनले पार्टी रवि लामिछाने क्लबमा परिणत गरेको र इलिटहरूको कब्जामा पुगेको दाबीसमेत गरेका छन् । केन्द्रीय कमिटी बैठक लाइभ गर्ने प्रस्ताव गर्दा रवि लामिछानेले सिंगो केन्द्रीय कमिटीलाई खबरदार भन्दै तर्साएको उनको आरोप छ ।

    आफूविरुद्ध उत्रिएर सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाएको उनको आरोप छ । ‘खबरदार लाइभको पक्षमा उभिएलास् भनेर रविले सिंगो केन्द्रीय कमिटीलाई तर्साए । मैले लाइभ नगर्ने हो भने कालो टेप लगाएर बस्छु भनेको थिएँ । त्यतिबेला उनीहरूले मसँग कुरा गर्न चाहेनन् । बरु मविरुद्ध उत्रिए । म कालोटेप टाँसेको बेला सभापति र सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाए,’ उनले भने । बैठक स्थगित गरेर आफूसँग वार्ता गरेको केही कुरा अर्कै हुने उनको दाबी छ। ‘मैले पनि कुरा गर्न खोजेकै हो । तर, सभापतिले मसँग कुरा गर्न चाहेनन्,’ उनले भने ।

    उनले रवि लामिछानेले कुनै कुराको पनि जिम्मा नलिने गरेको आरोप लगाए । लाइभको विषय पनि केन्द्रीय सदस्यहरूमाथि दोष थोपारिदिएको उनको आरोप छ । ‘लाइभ गर्ने कुरामा मात्रै उहाँ पन्छिनुभएन । उहाँ त कुनै कुराको जिम्मा लिन चाहनुहुन्न । ग्यालेक्सीको जिम्मा सबै जीबी राईलाई थुपार्नुभयो । सरुवा बढुवा पनि आइजीले गरेको दोष लगाउनुहुन्छ,’ उनले भने ।

    उनले जनताभन्दा ठूलो रवि लामिछाने नभएकाले आफू जनताको प्रश्नमात्रै गरेको बताए । ढकालले अर्को महिना फेरि प्रस्ताव यात्रामा निस्किने बताए । ‘आगामी महिना प्रस्ताव यात्रा गर्दैछौं । त्यसमा मैले जनतासँग सोध्नेछु । मैले के बोल्न हुन्थ्यो के बोल्न हुँदैनथ्यो,’ उनले भने ।

    बुधबार, असार २७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.