डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । बुधवार जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो
डोटीलाई पहिलो पटक २०७५ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । यस वर्ष पनि जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
विभिन्न रोगहरू विरुद्धको खोप सबै बालबालिकाहरूले लगाएपछि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने गरिएको उनले बताए । पूर्ण खोप सुनिश्चितताका लागि सक्रिय रूपमा लागेका जिल्लाका ९ जना स्वास्थ्यकर्मी र २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान पनि गरिएको थियो ।