गुल्मी– इस्मा गाउँपालिका-१ ठाँटीकाचौरकी सपना सुनारकी ४ वर्षीया छोरी प्रिन्साको मुसा मार्ने विष खाँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सँगै विष खाएकी बसुन्धरा सुनारकी ५ वर्षकी छोरी दिब्सीका गम्भीर बिरामी परेकी छन् । आमाहरू सपना र बसुन्धराले कोदो रोप्न जाँदा बारीमा बालिकाहरूलाई पनि लगेका र उनीहरूले खेल्ने क्रममा फोहोरसँगै बारीमा फालिएको मुसा मार्ने औषधि भेटेर खाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रिन्साको जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो । दिब्सीकालाई लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा पठाएको प्रहरीले जनाएको छ ।