बझाङ- बझाङको बुंगल नगरपालिकाले बजार क्षेत्रमा स्मार्ट बत्ती जडान गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारले उपलब्ध गराएको बजेटबाट नगरपालिकाको बिजगडा बजार क्षेत्रको सडकहरूमा सात ओटा स्मार्ट बत्ती जडान गरेको हो ।
रातिको समयमा हुने यातायात तथा मानवीय आवागमन तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताए । उनले बिजगडा बजार क्षेत्रका विभिन्न सडकहरूमा स्मार्ट सडक बत्ती राखेर स्तरोन्नति गरिएको बताए ।
बजेट कम भएका कारण यस वर्ष स्थलगत आवश्यकताका आधारमा केही सङ्ख्यामा मात्र बत्ति जडान गरिएको उनले बताए ।