अत्तरिया – कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । शुक्रबार भजनी नगरपालिका – ३ धुसी बस्ने चन्द्र बहादुर पाण्डेका छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढी अनुसार घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रममा करेन्ट लागेपछि जनार्जन र उनलाई बचाउन गएका स्थानीय १८ वर्षीय पारश ठगुन्ना घाइते थिए ।
दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका लागि लगिएकोमा जनार्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घाईते पारशको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको
छ ।