अत्तरिया – कैलालीका छुट्टाछुटै स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ । शनिवार प्रहरीले धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, विश्वनाथ मन्दिर नजिक, धनगढी उपमहानगरपालिका – १४ डिपो बजार र टीकापुर नगरपालिका – ९ खक्रोला स्थित भित्री सडक खण्ड, बालुवाटार स्थित भित्री सडक खण्डबाट अबैंध रूपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरेको हो ।
जसअन्तर्गत १ लाख ८५ हजार बराबरको प्याज, चिनी, साबुन, पास्ता, सुर्ती, बिडी, कस्मेटिक सामान, साइकलका टायर, टियूब, धोती, कुर्ती, कुर्ती सेट लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।