नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित दाबी पेश गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका हुन् । पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा आयोजित कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिने छन् ।
यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । यो उनको चौथो कार्यकाल हो ।
असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।