काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन । क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ ।
यो प्रतियोगिता टी–१० फर्म्याटमा हुने छ । रोहित मियामी लायन्समा आबद्द भएका हुन् । यो टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीका रुपमा रहनेछन् ।
त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङरेजले नियुक्त गरेको छ । यो टोलीको आइकन खेलाडी एलेक्स हेल्स हु छन् । प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।


