• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

११ जनाको शव फेला, ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी

  •  संवाददाता
  • सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा गेग्य्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुई बस र तीनमा रहेका यात्रुको खोज तथा उद्धारकार्य जारी छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बेपत्ता यात्रुमध्ये सोमबार बिहानसम्म ११ जनाको शव भेटिएको छ । भेटिएका मध्ये पाँच शवको सनाखत भएको प्राधिकरणले जनाएको छ ।

    यही असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतिर जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई सिमतालमा गेग्य्रान बहावले बगाउँदा त्रिशूलीमा खसेका थिए ।हालसम्म चितवनका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भारतका ऋषिपाल साह, जयप्रकाश ठाकुर र सजाद अन्सारीको शव सनाखत भएको छ, प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सुरक्षाकर्मीले तालिमप्राप्त गोताखोरसहित विभिन्न आधुनिक उपकरणको प्रयोग गर्दै घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजीकार्य गरिरहेका प्राधिकरणले जनाएको छ ।

    खोजीकार्यमा ५०० भन्दा बढी सुरक्षाकर्मी, २८ जना तीव्र बहाव भएका नदीमा खोजी गर्न सक्ने तालिमप्राप्त गोताखोर सक्रिय छन् ।

    यस्तै, खोज तथा उद्धारमा एयर ड्रोन, वाटर ड्रोन सोनार क्यामेरा, बाइनाकुलर टेलिस्कोप, शक्तिशाली चुम्बक, बोटलगायत उपकरणको प्रयोग गरिएको छ ।

    गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको उच्चस्तरीय टोलीले आइतबार खोजी तथा उद्धारकार्यको स्थलगत अवलोकन गरेको थियो । त्यसक्रममा उनीहरूले घटनास्थलमा पुगी पीडित परिवारका सदस्य र उद्धारकार्यमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

    बसबाट हाम फाली बाँच्न सफल तीन यात्रुमध्ये सामान्य घाइते दुईजना प्राथमिक उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । एकजनाको शल्यक्रिया गरिएको छ ।

    स्थानीय प्रशासनले परिवारजनसँग सम्बन्ध स्थापित गर्ने र भेटिएका शवको पहिचान गर्ने गराउने कार्य गरिरहेको छ ।

    पीडित परिवारजनलाई स्थानीय होटेल व्यवसायीसँगको समन्वयमा निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ ।

    नदीमा पानीको बहाव उच्च र तीव्र हुनु एवं पानी धमिलो हुनुका बाबजुद खोजीकार्यलाई थप आधुनिक उपकरणसहित तीव्रता दिइएको छ  प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.