नेपाली कांग्रेसले पछिल्लो समय तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर प्रश्न उठायो ।सहकारीको रकम अपचलनलाई लिएर आफूविरुद्ध परेको उजुरीमा प्रहरीले गरिरहेको अनुसन्धान रोकेको, अनि भुटानी शरणार्थी प्रकरणमा राजनीतिक प्रतिशोध साँध्न खोजेको कांग्रेसको आरोप थियो ।रविमाथि निरन्तर प्रश्न गर्नेमध्ये एक थिए, कांग्रेस प्रमुख सचेचक रमेश लेखक । तिनै लेखक सोमबार मन्त्री भएका छन्, त्यो पनि लामिछानेले सम्हालेको गृहमै ।संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा भएको सहमति अनुसार केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको छ । सोमबार शपथ लिएका ओलीले कांग्रेसका सिफारिसमा लेखकलाई गृहमन्त्री नियुक्त गरेका हुन् ।अरु २० मन्त्रीसँगै शपथ लिएका लेखकले सोमबार नै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधानको मूल्यांकन गर्ने नयाँ सरकारको प्राथमिकता भएको उनले बताए ।कांग्रेसका नेताहरुले भने बेचनलाई देखाएर तत्कालीन गृहमन्त्री लामिछानेले धम्क्याउने काम मात्र गरेको दाबी गरेका थिए । लेखक स्वयंले २८ असारको संसदमा भनेका थिए, ‘अर्कालाई धम्काउन र तर्साउन केही विषय उठे, तर केही भएन ।’आफ्नो मन्त्रालयले तत्कालको प्राथमिकता प्राकृतिक प्रकोपमा परेकाहरुलाई उचित ढंगले सम्बोधन गर्नु भएको भन्दै मन्त्री लेखकले भने, ‘विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रणमा केन्द्रित रहन्छौं ।’
उनले गृह मन्त्रालयले सम्पादन गर्नुपर्ने काम निष्ठापूर्वक गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
गृहमन्त्रीका रुपमा लेखकले कत्तिको निष्ठापूर्वक काम गर्छन् भन्ने चाहिँ सहकारीको रकम अपचलन र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हुने देखिन्छ ।
दुई मुद्दामा हुने लेखकको परीक्षा