चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस मंगलबार बिहान बारामा दुर्घठना हुँदा १८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा सडकै पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार तीव्र गतिको बस घुम्तीमा अनियन्त्रीत भई पल्टिएको हो । घाइतेहरुलाई गण्डक स्थित मेडिसिटी बयोधा अस्पताल र नारायणी अस्पतालमा लगिएको छ ।


