धनगढीः कैलालीमा बोईलर कुखुरा र माछासहित धनगढीका एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको उर्मी गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ४८ हजार मूल्य बराबरको बोईलर कुखुरा र माछासहित सोही ठाउँ बस्ने ३२ वर्षीय कालुराम कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त बोईलर कुखुरा र माछासहित कालुरामलाई सोमवार नियन्त्रणमा लिएको जनाएको छ।
बोईलर कुखुरा र माछासहित एकजना पक्राउ
बोईलर कुखुरा र माछासहित एकजना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


