कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा एक जनाको शव भेटिएको छ ।
गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्क नजिकै अन्दाजी ५०\५२ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल कार्य सकेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।