गुल्मी —गुल्मीमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिका बलात्कारको आरोप चन्द्रकोट गाउँपालिका निवासी ४५ वर्षीय टंक विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।
भाञ्जी नाता पर्ने ती बालिकालाई घरमा एक्लै भएको मौका पारी सोमबार बलात्कार गरेको र उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरीएको प्रहरीको भनाइ छ ।आफू र श्रीमान् कामका गएको मौका पारी घरमा भएकी छोरीमाथि बलात्कार भएको पीडित बालिकाकी आमाले बताइन् । ती व्यक्तिले घरमा आएर पहिला खै बुबाआमा भनेर सोधेको र काममा जानुभएको भनेपछि आफूलाई बलात्कार गरेको ती बालिकाको आरोप छ ।