डोटीको शिखर नगरपालिका–२ कालागाडका किसानहरुले असारमै धानवाली भित्र्याउन पाएपछि दंग परेका छन् । चैतमा रोपेर पनि धान फल्छ र १ सोच्ने किसानहरु धान खेती राम्रो भएपछि दंग परेका हुन । परीक्षणका रुपमा पहिलो पटक रोपिएको चैते धान भित्र्याएर किसानहरुले सोही खेतमा असारे धान रोपेका छन् । चैते धान राम्रो फलेको स्थानीय कृषक नरुदेवी कार्की बताउँछिन् । ‘हामीलाई त चैतमा रोपेको धान पनि फल्ला भन्ने बिश्वासै थिएन’ नरु भन्छिन् ‘चैते धान राम्रो फल्ने रहेछ, एकदमै खुशी लागेको छ । उनी अब हरेक वर्ष चैते धान खेती गर्ने बताउँछिन् ।
असारमै धान फलेपछि डोटीका किसान खुसी
असारमै धान फलेपछि डोटीका किसान खुसी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु