राज बोगटी धनगढीः डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ५ काँडामाण्डौँमा जन्मिएका गणेश मायालुतीको नयाँ गीत सार्वजनिक भएको छ।छोटो समयमै राम्रो चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित देउडा गायक गणेश मायालुती युट्युब च्यानलमार्फत ‘धैइ वडी त फर्क बोलको देउडा्र गीत सार्वजनिक गरिएको हो। मौलिक देउडा सँस्कृतिको उत्थान, देउडा संस्कृतिलाई जोगाउन र निरन्तरता दिन गायक गणेश मायालुतीको ठुलो योगदान रहि आएको छ। गीतमा शब्द तथा सँगीत गणेश मायालुतीको छ। स्वरमा उनलाई रजनी बिसीले साथ दिएक छन्।
उनी पछिल्लो समय गीत संगीतमा रमाउन थालेका छन्। आफू विदेशमा भएपनि उनी गीतमा जम्न थालेका छन्। देउडा गितमा गणेश मायालुतीको शब्द,आवाज र संगित भने स्वयम् गणेश मायालुतीकै रहेको छ।गायिका रजनी बिसीले स्वरमा साथ दिएको उक्त देउडा गितमा विशाल निरौलाको एरेञ्जर छ। रेकर्ड स्टुडियो मालाश्री ktm मिक्सिङ रञ्जन राई
र अडियो सम्पादन गणेशले गरेका छन्।
देउडा गितमा गायक गणेश मायालुती र मोडल सौगात ओझाको अभिनय छ। डोटी जिल्लामा जन्मिएका गायक गणेश विगत लामो समयदेखि गायन क्षेत्रमा कटिबद्ध भएर लागिरहेका थिए। जस्तो त्यस्तो प्रयासले उनी आज पहिलो गीत बजारमा ल्याएका छन्।