धनगढी जेसिजको आयोजनामा आइतबारदेखि जेसिज सप्ताह सुरु भएको छ।
समुदायसँग जेसिज नारासहित जेसिज सप्ताह सुरु भएको हो। सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ। धनगढीको सहिद गेटमा सर्वसाधारणलाई बोटविरुवाहरु वितरण गरिएको छ। विभिन्न किसिमका ५ सय ३४ विरुवा वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले बताए।
पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको उनले बताए। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुुख गोपाल हमाल समेत सहभागि भएका थिए। साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह मनाइने आयोजकले जनाएको छ।


