प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलभरतपुर । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुष्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, साउन ४ गते वडा नं २, बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाइरहेका थिए।
श्रेष्ठको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।यात्रीको मृत्यु