काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् । ‘मलाई आशा छ यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ ओलीले भने ।
विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि ओलीले बताए । अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ बाधक होइन’ ओलीले भने विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ त्यहाँ संशोधन हुन्छ ।
संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ओलीको अडान थियो ।