काठमाडौँ । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिङ(काठमाडौं सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक(दुई घण्टा लाग्ने अनुमान छ ।
बाटो बन्द भएपछि सवारी साधनहरूको लामो लाइन लागेको छ ।