• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, बैशाख १३, २०८२ | Saturday 26th April 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

स्थानीय तहका संयोजक र सदस्यलाई धनगढीमा पुनर्ताजगी तालिम
  • १० घण्टा अगाडि

जिल्ला कारागार कैलालीमा क्षयरोग खोजपडताल सम्पन्न
  • १ दिन अगाडि

सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको दर्शन पाया बल्ल” देउडा गीत सार्वजनिक ( भिडियो सहित)
  • ७ दिन अगाडि

२२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै
  • ७ दिन अगाडि

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
  • ७ दिन अगाडि

बर्दगोरिया अध्यक्ष कुँवरको सुझावमा भूमिसम्बन्धी राजस्व दर संशोधन, अव्यवस्थित बसोबासीलाई राहत
  • १ हप्ता अगाडि

आज एमालेको सचिवालय बैठक बस्दै
  • २ हप्ता अगाडि

वर्षको वैशाख १ गते मात्र फुल्ने सलहेस फूलबारीमा आज मेला ।
  • २ हप्ता अगाडि

उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनमा सघाउन शिक्षकहरुलाई बोर्डको आग्रह 
  • २ हप्ता अगाडि

कैलालीमा दुई सय ८९ उद्योग बन्द

  •  संवाददाता
  • सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

    कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए ।

    पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो ।

    रू एक करोड सम्मको कुल पूँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए । कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन् ।

    उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन् ।

    अहिलेसम्म दर्ता भएका उद्योगमा रू २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको छ । ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ ।

    गत आव २०८०र८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए ।

    गत आवमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व संकलन भएको छ । अघिल्लो आव २०७९र०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले रु ५२ लाख १६ हजार राजस्व संकलन गरेको थियो ।

    अघिल्ला आव भन्दा गत आव २०८०र८१ मा उद्योग दर्तामा कमि आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आवको तुलनामा गत आव २०८०र८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजूस्व सङ्कलनमा वृद्धि भएको बताए ।

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहका संयोजक र सदस्यलाई धनगढीमा पुनर्ताजगी तालिम
    जिल्ला कारागार कैलालीमा क्षयरोग खोजपडताल सम्पन्न
    सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको दर्शन पाया बल्ल” देउडा गीत सार्वजनिक ( भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      स्थानीय तहका संयोजक र सदस्यलाई धनगढीमा पुनर्ताजगी तालिम

    • २.
      जिल्ला कारागार कैलालीमा क्षयरोग खोजपडताल सम्पन्न

    • ३.
      सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको दर्शन पाया बल्ल” देउडा गीत सार्वजनिक ( भिडियो सहित)

    • ४.
      २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

    • ५.
      सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

    • ६.
      बर्दगोरिया अध्यक्ष कुँवरको सुझावमा भूमिसम्बन्धी राजस्व दर संशोधन, अव्यवस्थित बसोबासीलाई राहत

    • ७.
      आज एमालेको सचिवालय बैठक बस्दै

    • ८.
      वर्षको वैशाख १ गते मात्र फुल्ने सलहेस फूलबारीमा आज मेला ।

    • ९.
      उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनमा सघाउन शिक्षकहरुलाई बोर्डको आग्रह 

    • १०.
      युवामाझ चेतना फैलाउने लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर सार्वजनिक

    • १.
      सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको दर्शन पाया बल्ल” देउडा गीत सार्वजनिक ( भिडियो सहित)

    • २.
      जिल्ला कारागार कैलालीमा क्षयरोग खोजपडताल सम्पन्न

    • ३.
      सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

    • ४.
      २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

    • ५.
      स्थानीय तहका संयोजक र सदस्यलाई धनगढीमा पुनर्ताजगी तालिम

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.