प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २९ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।
प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो।
प्रहरी नायव निरीक्षक सईदेखि प्रहरी जवानसम्म २९ जना प्रहरी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ।
गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


