हिजो बुधबार राति कैलालीको धनगढीमा एक ग्यारेज र एक जना स्थानीयको घरभित्र सर्प पसेको छ।
धनगढी उपमहानगरपालिका–४ त्रिभुवन चोकमा रहेको कुमार ग्यारेजभित्र करेत नामक सर्प पसेपछि नगर प्रहरीले उद्दार गरेर सुरक्षित स्थानमा छोडेको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–५ तारानगरका अभिषेक अवस्थीको घरभित्र पनि सर्प पसेको छ। घरभित्र सर्प पसेको खबर नगर प्रहरीलाई गरिएपछि उद्दार गरिएको छ।


