• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • २ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • २ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ३ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • ९ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • ११ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • ११ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • ११ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २२ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २२ घण्टा अगाडि

अछामका जनप्रतिनिधि छाउगोठ हटाउन काठमाडौँमा

  •  संवाददाता
  • बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी –  अछामका महिलाका लागि अभिशाप बन्दै आएको छाउपडी महिनावारी तथा छाउगोठ महिनावारी भएका महिला बस्ने घर प्रथाको अन्त्य गर्नका यहाँका स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गरे पनि अधिकांश गाउँबस्तीमा अझै नहटेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन जनप्रतिनिधि काठमाडौँमा सव्रिmय भएका हुन् ।

    जिल्लाको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् ।

    परम्पराकालदेखि जटिल बन्दै आएको सो प्रथाको अन्त्यका लागि आवश्यक पर्ने गतिविधि सञ्चालन गर्न बजेटको अभाव देखाउँदै जनप्रतिनिधिले सम्बद्ध मन्त्रालय तथा मन्त्री, प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट र छलफल गर्ने जनाएका छन् ।

    मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले यो एक किसिमको दबाबमूलक कार्यव्रmम भएको बताए । छाउपडी तथा छाउगोठ अन्त्यका लागि जनचेतना जगाउन तथा पीडित महिलाको न्यायका लागि स्थानीय तहसँग बजेट नभएको उनको भनाइए छ । मर्यादित महिनावारीको विषयमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीलगायत मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्ययोजना रहेको उहाँले बताउनुभयो । छाउपडी कुरीति र महिलाका लागि अभिशाप भएकाले यसको अन्त्यका लागि स्थानीय तहदेखि सरकार र अन्य निकायसँग सहकार्य अपरिहार्य भएको उनले बताए ।

    छाउगोठ व्यवस्थापन निर्देशक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा बसेको एक बैठकले महिनावारी व्यवस्थापनमा आवश्यक बजेटको माग र अन्य निकायसँग समन्वय गर्ने निर्णय गरेको थियो । यस प्रथाविरुद्ध स्थानीय सरकार तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका गतिविधि प्रभावकारी नभएको अवस्थामा सरकार र अन्य निकायसँग छाउगोठ अन्त्यका लागि बजेट र अन्य सहकार्यका लागि समन्वय गर्ने गरी निर्णय गरिएको समन्वय प्रमुख कुँवरले बताए ।

    अछाम–१ बाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम–२ का प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, मङ्गलसेन नगरपालिकाका प्रमुख बोहरा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलसहितको जनप्रतिनिधिको टोलीले छाउपडी प्रथालाई पूर्ण रूपमा हटाउन सङ्घीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

    छाउपडी भएर गोठमा बस्दा बलात्कार, हत्या हिंसा र सर्पको टोकाइबाट मर्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्यका लागि अगुवा नै सव्रिmय हुनुपर्नेमा आवाज उठिरहेका बेला जनप्रतिनिधिले सामूहिक रूपमा आवाज उठाएका हुन् ।

    महिनावारीकै कारण महिला तथा किशोरीले अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता त छँदै छ देवीदेवता रिसाउने, धामीझाँव्रले आव्रमण गर्ने गाईभैँसी बाँझो हुने अन्नपात सुक्ने बाघ लाग्ने, विपत् आइलाग्ने जस्ता विकृतिविरुद्ध सो अभियान सफल हुने अपेक्षा गरिएको छ ।

    • छाउगोठ हटाउन काठमाडौँमा
    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

    • ९.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • १०.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.