कैलालीमा प्रहरीले अवैध रुपमा उत्खनन गरी बालुवा लोड गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको छ । बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका(१ चौमाला खोलामा अवैध रुपमा बालुवा उत्खनन गरेको अवस्थामा सुपप्र ०१००२ त ६२२७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
चालक भागेको अवस्थामा ट्याक्टर फेला पारी इलाक प्रहरी कार्यालय चौमाला कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिई गौरीगंगा नगरपालिकाको कार्यालयमा बुझाएकोमा नगरपालिकाको कार्यालयबाट २५ हजार रुपैयाँ जरिबाना गरी ट्याक्टर छोडिएको जनाएको छ ।