• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • १ मिनेट अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १६ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २२ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २२ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

कोशी सरकारबाट पनि बाहिरियो माओवादी

  •  संवाददाता
  • शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विराटनगर– कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ।

    केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो ।

    केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु भन्दै सान्त्वना दिने गरेका थिए ।

    गत वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चारजना सहभागी थिए।सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

    यसैबीच कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच शुक्रबारबाट छलफल सुरु हुने भएको छ ।

    शीर्ष नेताहरूको तहबाट मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन् ।
    सरकारमा सामेल माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले र कांग्रेसबीच सरकारको भागबन्डा लगायतका विषयमा छलफल शुरु हुने प्रदेश सभा सदस्य भीम पराजुलीले बताए।

    पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशनअनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समय सीमा निर्धारण गर्ने,मन्त्रालयहरूको भागबन्डा गर्ने र संवैधानिक नियुक्तिहरूको भागबन्डा पनि टुंगो लगाउने छ ।

    त्यसबाहेक चालु आर्थिक वर्षको बजेटमा पुनरावलोकन गर्ने सहमति पनि हुनुपर्ने कांग्रेसको अडान छ । ‘ढिलोमा सोमबारसम्ममा यी सबै विषयमा सहमति हुनेछ ’, पराजुलीले भने ‘दुई दल बसेर यो विषय टुंगो लगाएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ।’

    बुधबार मात्रै काठमाडौंमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो ।

    • बाहिरियो माओवादी
    शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • २.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ३.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ४.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ७.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ८.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ९.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • १०.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.