• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
  • १८ मिनेट अगाडि

हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
  • २७ मिनेट अगाडि

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • ४७ मिनेट अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १७ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २२ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २३ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • ३ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • ३ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • ३ दिन अगाडि

कर्णाली सरकार कांग्रेसको सहभागिता अझै अनिश्चित

  •  संवाददाता
  • शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा ९माओवादी केन्द्र० सरकारबाट बाहिरिए पनि कांग्रेसको सहभागिताबारे टुङ्गो लागिसकेको छैन ।
    प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझ केही समय लाग्ने बताउनुभयो । नयाँ गठबन्धन दल कांग्रेस आन्तरिक छलफलमा रहेकाले सरकार गठनमा केही समय लाग्ने भएको उहाँले जानकारी दिनुभयो । कँडेलले आफू भने जतिसक्दो चाँडो सरकार गठन गर्ने पक्षमा रहेको बताउनुभयो ।

    कांग्रेसका अधिकांश प्रदेश सभा सदस्यहरू यतिबेला काठमाडौँमा हुनुहुन्छ । उहाँहरू पनि केन्द्रीय नेतृत्वको निर्देशन कुरेर बस्नुभएको छ ।

    अहिले सरकारमा एमालेका मात्र मन्त्री छन् । मुख्यमन्त्री कँडेलसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक मात्र रहनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै कँडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको समेत जिम्मेवारी लिनुभएको छ ।

    राजनीतिक समीकरण बदलिएपछि माओवादी केन्द्रले केही दिनअघि मात्र समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । अब सरकारको नेतृत्व गरिरहेको एमाले र कांग्रेससहितको गठबन्धन सरकार बन्नेछ । तर कांग्रेसको सरकारमा सहभागिताको विषय टुङ्गो लाग्न बाँकी छ ।

    मुख्यमन्त्री कँडेलले एमाले–कांग्रेस सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताउनुभयो । नयाँ स्तरबाट सरकार गठन हुने उहाँको भनाइ छ । सत्ता समीकरण फेरबदलले सकारको कार्यसम्पादनमा समेत असर परिरहेको छ । बजेट कार्यान्वयनको यो सुरुवाती चरणमै मन्त्रालय विभागीय मन्त्रीविहीन अवस्थामा छन् ।

    अर्कोतर्फ प्रदेश योजना आयोगसमेत यसको प्रत्यक्ष प्रभावमा परेको छ । मुख्यमन्त्री कँडेलले प्रदेश योजना आयोग गठनमा सत्ता फेरबदलले असर पारेको बताउनुभयो । उहाँले आयोग पदाधिकारीविहीन हुँदा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माण अन्योलमा रहेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कँडेलले आफ्नो सुरुवाती एकसय दिनको अवधिमा अपेक्षित गति दिन नसके पनि निराशाजनक अवस्था भने नरहेको जिकिर गर्नुभयो । आफू मुख्यमन्त्री भएयता मन्त्रिपरिषद्ले २३ वटा मन्त्रिपरिषद्को बैठकबाट महत्त्वपूर्ण निर्णय गरेको उहाँको भनाइ छ । उहाँले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन, चिसापानी–वीरेन्द्रनगर ३३ केभीए विद्युत लाइनमा भएको विवाद समाधान गर्नेसम्मका काम गरेको बताउनुभयो ।

    कँडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कँडेलले एकसय दिन बिताउँदा–नबिताउँदै सत्ता गठबन्धन फेरिएको छ । अहिले एमाले र नेपाली कांग्रेससहितको गठबन्धन बनेको छ ।

    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
    हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
    बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा

    • २.
      हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

    • ३.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ४.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ५.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ८.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • १०.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ८.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.