• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, मङि्सर २०, २०८२ | Friday 5th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • १ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • १ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • १ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • १ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ३ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

नौ जनाको मृत्यु

  •  संवाददाता
  • आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत,  पछिल्लो दुई साताको अवधिमा मात्रै कर्णाली प्रदेशमा प्राकृतिक विपत्बाट नौ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत २८ जेठयता विपत्का घटनाबाट नौ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

    मनसुन सुरु भएयता प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोलगायतका विपत्मा परेर ठुलो सङ्ख्यामा मानवीय क्षति भएको छ । यो खालको क्षति हरेक वर्षको बर्सातको समयमा हुने गरेको छ । मानवीय क्षतिका साथसाथै ठुलो मात्रामा भौतिक क्षति हुँदै आएको छ । बाढीपहिरो, चट्याङलगायतका विपत्ले बर्सेनि सताउने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने कर्णाली प्रदेशमा प्राकृतिक विपत्को क्षतिको अवस्था निकै भयावह देखिन्छ । हरेक वर्ष धनजनको निकै ठुलो मात्रामा ज्यान गुमाइरहेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र७६ मा कर्णाली प्रदेशभर ८८२ वटा प्राकृतिक विपत्का घटना भएका थिए । त्यसको अर्को वर्ष अर्थात् आव २०७६र७७ मा ९०२ वटा घटना भएका थिए ।

    त्यसै गरी आव २०७७र७८ मा भने कर्णालीमा ४१६ विपत्का घटनाबाट ८८ जनाले ज्यान गुमाएका छन् । आव २०७८र७९ मा एक हजार २१५ वटा विपत्का घटनाबाट ६८ जना व्यक्तिले अनाहकमै मृत्युवरण गर्नु प(यो । आव २०७९र८० मा दुई हजार २१४ घटनाबाट ७२ जनाको ज्यान गएको थियो । गएको आव २०८०र८१ मा भने ७३३ विपत्का घटना प्रदेशभर भएको तथ्याङ्क कर्णाली प्रदेश प्रहरी कार्यालयको छ । प्रहरीका अनुसार गत वर्ष यस्ता घटनामा परेर १९४ जनाको मृत्यु भएको छ ।

    पछिल्लो समय विपत्का घटना कम भए पनि मानवीय क्षति बढी हुने गरेको देखिन्छ । मानिसको ज्यान जाने गरी हुने अधिकांश विपत्का घटना बर्सातको समयमा हुने गरेका छन् । मनसुन लागेसँगै बाढीपहिरो, चट्याङलगायतका घटनाले धेरै क्षति गर्ने गरेको छ । आव २०७७र७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यसै गरी आव २०७८र७९ मा १७ जना तथा आव २०७९र८० मा ४० जनाको मृत्यु भएको थियो । आव २०८०र८१ मा छ जनाको पहिरोमा परी ज्यान गएको छ ।

    यसै गरी प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रहरीको तथ्याङ्क हेर्दा बर्सेनि चट्याङका घटना पनि बढिरहेका छन् । आव २०७७र७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आव २०७८र७९ मा छ जनाको मृत्यु भयो । त्यसै गरी आव २०७९र८० मा तीन जनाको मृत्यु भयो भने आव २०८०र८१ मा पाँच जनाको मृत्यु भएको छ । प्रदेशमा मनसुनजन्य विपत्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

    चार जनाको मृत्यु कैयौँ परिवार विस्थापित

    यसैबीच मुसीकोट समाचारदाताका अनुसार मनसुनजन्य विपत्का कारण रुकुमपश्चिममा चार जनाको मृत्यु भएको छ भने २६९ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासनका कार्यालयले सार्वजनिक गरेको विपत् बुलेटिनका अनुसार हालसम्म विपत्का कारण आठबिसकोट नगरपालिका–१२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ ।

    त्यसै गरी बाढीपहिरोका कारण आठबिसकोट, मुसीकोट नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकाका २६९ घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार आठबिसकोट नगरपालिका–९, १०, ११, १२, १३ र १४ का २५० घरधुरी, बाँफिकोट गाउँपालिका–९ का चार घरधुरी बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भएका छन् । त्यसै गरी मुसीकोट नगरपालिका–१, २, ५ र १४ का छ घरधुरी र सानीभेरी गाउँपालिकाका–७ र ८ का नौ घरपरिवार विस्थापित भएका छन् ।

    आठबिसकोटका विस्थापित परिवारलाई वडा नम्बर ११ र १२ को कर्णाली बेभरेज, काष्ठ उद्योग र वृद्धाश्रममा राखिएको छ भने अन्य विस्थापित आफन्तको घरमा आश्रय लिएर बसेको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । सानीभेरीका आठ विस्थापित परिवारलाई स्थानीय बालकल्याण आधारभूत विद्यालयको भवनमा राखिएको छ ।

    उहाँका अनुसार विपत्जन्य घटनामा परेर आठबिसकोटमा एक वटा भैँसी र सानीभेरीमा तीन वटा बाख्रा मरेका छन् । त्यसै गरी जिल्लाभर १५ वटा घर पूर्ण क्षति, तीन वटा आंशिक क्षति भएका छन् भने १२ वटा उद्योग र एक विद्यालयमा पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.