धनगढी – धनगढीमा दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शनिबार धनगढी उपमहानगरपालिका(१४ फूलबारीस्थित हुलाकी सडकखण्डमा से ४ प ४७२९ र से ५ प ५६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका थिए ।
दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएर निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा से ५ प५६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीकै ५० वर्षीय कुलप्रसाद पंगालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने निसर्गकै आईसीयूमा राखेर उपचार भइरहेको छ ।