कञ्चनपुर – कञ्चनपुरको कृष्णपुुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ मा सुदूरपश्चिम प्रदेश ०१००९प ३७७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ५६ वर्षीय कृष्णपुर नगरपालिका–६ का हेमराज चौधरीको मृत्यु भएको हो।
आइतवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना घाइते भएका छन्।