सुर्खेत – जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गएको कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट भएको हो ।
पानीको समस्या भएपछि नौ महिनादेखि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ चाइनाबगरबाट पानी ल्याउनुपरेको स्थानीयवासीले बताएका छन् ।