धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भनेर चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवन उपमहानगरले डोजर चलाएर भत्काइदिएको छ ।उपमहानगरले घर नक्सा पास विपरित निर्माण गरेका संरचनाहरूमा मंगलबार डोजर चलाएर भत्काएको हो । मापदण्डविपरीत बनाइएको संरचना भत्काएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जनाएका छन् ।
यस्तै, सोमबार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो । लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो।
लेट मेईन धनगढी प्रा। लि। ले नेपाल लाईब बल्ड मिसनका नाम अस्पताल खोल्ने भनी नक्सा पास गरेकामा पछि नियम विपरित संरचनाहरु बनाएको र सो ठाउँमा चर्च सन्चालन गरेको पाइएपछि अवैध संरचनाहरु भत्काइएको मेयर हमालले बताएका छन् । सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि वडामा भएको दर्ता समेत खारेज गरिएको छ । नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।