धनगढीः कैलालीबाट २ लाख बढीका भन्सार छलीक सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा नजिक, ३ को मिलन चोक, टीकापुर नगरपालिका–८ पुरानो भन्सार स्थित भित्री सडक खण्ड र ९ पुरानो भन्सार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ८ हजार ६४० मूल्य बराबरका सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको प्याज, चिनी, पास्ता, सरफ, साबुन, खानेतेल, नमकिन, सुटपिस, साडी, जिन्स पाइन्ट, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।