धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै छन । असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिन लागेका हुन ।
विश्वासको मतको प्रायोजनको लागि मुख्यमन्त्री सोडारीले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रवार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरूलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरूलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।