धनगढी – सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारिले प्रदेशसभामा सम्बोधन गरेर राजिनामा दिने भएका छन् । आज मध्यान्ह ४ बजे प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजिनामा दिने सोडारिले तयारी गरेका हुन् ।
प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहेक सरकारका प्रवक्ता अक्कल रावलले मुख्यमन्त्री सोडारी सम्बोधन गरेर राजिनामा दिने तयारीमा रहेको बताए । असार २० गते नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिए सङ्गै अल्पमतमा परेका मुख्यमन्त्री ३० औं दिन प्रदेशसभामा सम्बोधन गरेर राजिनामा दिन लागेका हुन् ।
प्रदेशसभामा काङ्ग्रेसका १८, एमालेका ११, माओवादीका सभामुख सहित ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक स्वतन्त्र सहित ५३ प्रदेशसभा सदस्य छन् । नयाँ सता समीकरण अनुसार काङ्ग्रेसको भागमा सुदुरपस्चिमको मुख्यमन्त्री परेको छ । काङ्ग्रेसबाट निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाह, निबर्तमान मन्त्री प्रकाश देउवा, निता बहादुर थापा र देवान बिस्ट मुख्यमन्त्री बन्न दौडधुपमा छन् ।