कैलालीको धनगढीबाट लागू औषध सहित ३ युवक पक्राउ परेका छन्।
aधनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट सोही ठाउँका २७ वर्षीय सिद्ध साउद, धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय सुरेश साउद र धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीय गोपाल कम्ती पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ११० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन० बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


