कञ्चनपुर – कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट नियन्त्रणमा लिइएको बाघ रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
उखु बारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई डार्ट गरी नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको हो ।
उक्त बाघले घाँस काटिरहेको अवस्थामा दोधारा–चाँदनी नगरपालिका–२ की २० वर्षीया हीरादेवी शाहको ज्यान लिएको थियो ।