अत्तरिया – कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । बैतडीको सुर्नाया गाउँपालिका – ४ का अन्दाजी २५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो ।
शनिवार विहान ११ बेहोस अवस्थामा भेटिएका साउँदको उपचारको क्रममा पदमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।