धनगढी- धनगढीमा प्रहरीले अवैध काठसहित ३ मोटरसाइकल नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो ।
साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।