धनगढीः तीन जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलाली, कञ्चनपुर र डडेल्धुराबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले बताएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा टीकापुर नगरपालिका–९ ठोसे बजार स्थित भित्री सडक खण्ड, जोशीपुर गाउँपालिका–३ लक्कड र कैलारी गाउँपालिका–४ के गाँउको जङ्गलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याका अन्दाजी १ लाख ३८ हजार ७० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य चिनी बिडी सुर्ती गुट्खा बदाम किसमिस सिद्रा माछा बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।