बाग्लुङ – बागलुङमा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एउटा घर पुरिँदा दुई जना र बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको ज्यान गएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये सात जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।


