हेटौँडा- मकवानपुरको हेटौँडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने ९ जनाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साउन २१ गते साँझ ६ बजेको समयमा वाग्लेको घरको पाँचौँ तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने वर्ष २८ को नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने वर्ष २७ को शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने वर्ष २९ को कुन्दन कुमार, भारत कृष्ण कालोनि छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने वर्ष २६ को आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने वर्ष ३४ को विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने वर्ष ३८ को लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने वर्ष २९ को विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने वर्ष २८ को अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने वर्ष ४० को कुनाल शर्मा रहेको प्रहरीले जनाएको छ ।