अत्तरिया- कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । गोदावरी नगरपालिका १ बस्ने ४८ वर्षका भक्तबहादुर बुढामगर र टीकापुर नगरपालिका(५ बस्ने ३५ वर्षका झपट सिंह विक पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बुढामगरलाई चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिबाना र विकलाई वन मुद्दामा ६ हजार ९ सय रुपैयाँ जरिबाना तोकिएको थियो ।
जिल्ला अदालत कैलालीको फैसलापछि फरार रहेका दुबै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।