धनगढी —सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए ।
साउन २० गते मुख्यमन्त्री नियूक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुग्ने छ ।
तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन