धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि बुधवार विश्वासको मत लिनु हुने भएको छ ।
यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर भोलि विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने गरी पत्र पठानुभएकोले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले विश्वासको मत लिइसकेपछि चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।