धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको कैलारी गाउँपालिका–५ पबेराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८६ हजार ६ सय मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त मूल्य बराबरको सुटपिस, व्लाउज, पेटिकोटको थान कपडा लगायतका सामान इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।